काठमाडौं । कांग्रेस नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई भेटेका छन् । बुधबार सुन्धारास्थित केन्द्रीय कारागार पुगेर कोइरालाले खाँणलाई भेटेका हुन् । केही दिनअघि कांग्रेस नेता डा. शेखर कोइरालाले पनि खाँणलाई भेटेका थिए । कोइराला र खाँणबीच पार्टीभित्रको आन्तरिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ…