‘स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाए, एक हप्तापछिको निर्णयले भूकम्प आउला’

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गरेको आयोग टुलुटुलु हेरेर नबस्ने चेतावानी दिएका छन् । शुक्रबार (आज) विराटनगरमा प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरिने बताए । ‘अहिले नै आयोगले कसैलाई कारबाही गरेको छैन,’ उनले भने,‘माकुराको जालोमा झिँगा पस्न शुरू भएको…