राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रदर्शन गर्दै नाराबाजी समेत गरेका थिए । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको…