राष्ट्रिय सभाका नवनिर्वाचित सभापतिले लिए सपथ

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले सपथ लिएका छन् । बिहीबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभापतिहरूलाई पद तथा गोपनीयताको सपथ गराए । करिब ७ महिनादेखि रिक्त चारवटा समितिमा चार प्रमुख दलले एक/एकवटा सभापति लिएका छन् । बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको…