काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । महिला संघद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन देशभरि महिला संघका प्रतिनिधिहरू खटिनेछन् । उनीहरूले सत्तागठबन्धनका लागि मत माग्ने विज्ञप्तिमा उल्लेख छ । महिला संघकी सभापति उषाकुमारी…