म र बाबुरामजी मिलेर नयाँ खालको जनयुद्ध गर्छौं: प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा अर्को नयाँ खालको जनयुद्धको आवश्यक्ता भएको निश्कर्षमा आफूहरु पुगेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्ने बताए । ‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं…