गृहमन्त्रीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको टोलीको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त्रण  र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए । भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस…