श्रीलंका दशककै खराब आर्थिक संकटमा

श्रीलंकाको मन्त्रिपरिषद्‍मा सामेल सबै मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । दशककै खराब आर्थिक संकटलाई व्यवस्थापन गर्न नसकेको जनआक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्मा सामेल सबै २६ जना मन्त्रीहरुले प्रधानमन्त्री समक्ष सामूहिक राजिनामा दिएका हुन् । राजिनामा दिने मन्त्रीमा प्रधानमन्त्री महिन्दा राजापाक्षका आफ्नै छोरा समेत रहनु भएको बताइएको छ । श्रीलंकामा प्रधानमन्त्रीकै भाइ गोटावाया राजापाक्ष राष्ट्रपति हुनुहुन्छ ।…