रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

गाजा । इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् । इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ । इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी गरेको…