पिकनिक गएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए।  बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको…