मतदानको दिनसम्म मदिरा बेच्न र पिउन नपाइने, जथाभाबी गाडी गुडाउन रोक

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदानको एक साता अघिदेखि नै मदिरा बिक्री-वितरण र सेवनमा पूर्ण रूपमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको…