आगामी तीन दिन देशैभरि उच्च वर्षा हुने प्रक्षेपण, ५३ जिल्ला उच्च जोखिममा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार अपराह्न विशेष मनसुन बुलेटिन जारी गर्दै बिहीबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने र कैयौं स्थानमा छोटो अवधिमा धेरै पानी पर्ने जनाएको छ । बंगालको खाडीबाट प्रवाह भएको जलवाष्पयुक्त हावासँगै न्यूनचापीय प्रणालीका कारण असोज १० देखि असोज १३ गतेसम्म देशभरिको आकाश बादलले भरिने विभागले जनाएको छ ।…