दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने

काठमाडौं । यस वर्षको दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैंकहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ…