कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक

पर्वत । जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ…