सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुग्यो

काठमाडौं । सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुगेको छ । नेपाली सेनाका अन्सुअर हिमाल सफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नाम्चेमा  सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रमुख/प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सञ्चालन गरेपछि सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गरेको थियो । …