काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले छाउपडी प्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडी प्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । राष्ट्रियसभा बैठकको आइतबार विशेष समयमा सांसद रेणु चन्दले छाउपडी प्रथाले समाजिकरुपमा विकृति पैmलाएको र महिलामाथि विभेद भइरहेको बताइन् । छाउपडी प्रथा उन्मूलनसम्बन्धी कानुनी र…