इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर बजार तनावग्रस्त बनेकाे छ । हरिनगर गाउँपालिका वडा-४ स्थित गाउँपालिकाको कार्यालय रहेको बजार क्षेत्र मध्याह्नदेखि तनावग्रस्त बनेकाे हाे । अहिलेसम्म प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए । प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते…