विराटनगर । मोरङ बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन् । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान १:४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए । दाउ प्रहारबाट टाउको, अनुहारलगायत…