बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरे नगरपालिकाले ५ हजार रुपैयाँ दिने

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार रुपैयाँ बैंक दाखिला गराउन थालिएको हो । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार…