काठमाडौं । राष्ट्रिय योजना आयोगको नेतृत्वमा तयार भइरहेको १६औँ आवधिक योजना तर्जूमा सम्बन्धी २ दिने राष्ट्रिय स्तरको विज्ञ भेला सम्पन्न भएको छ । बिहीबारदेखि पर्यटकीय नगरी भक्तपुरमा शुरु भएको विज्ञ सम्मिलित भेला शुक्रबार सम्पन्न भएको हो । सोह्रौ आवधिक योजनाको लैङ्गिक सशक्तिकरण, सामाजिक समावेशीकरण र परिचालन विषयगत क्षेत्रमा संवैधानिक आयोगका प्रमुख, विषय विज्ञ, विषयगत मन्त्रालयका…