ललितपुर । गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई रु २५ लाख दिने निर्णय गरेको छ । नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परेका भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोषबाट रु २५ लाख सहयोग गरेको जानकारी दिए । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम…