पूर्वमुख्य सचिव लीलामणि पौडेलसँग सीआईबीले लियो बयान

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व मुख्य सचिव लीलामणि पौडेलसँग बयान लिएको छ । ललिता निवास सरकारी जग्गा प्रकरणमा सीआईबीले आइतबार दिउँसो करिब ४ घण्टा लगाएर चीनका लागि नेपालका पूर्व राजदूतसमेत रहेका पौडेलसँग बयान लिएको हो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनीका नाममा…