काठमाडौं । त्रिशूलीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका आठमध्ये चार यात्रुको सनाखत भएको छ । दुर्घटनामा म्याग्दीको रघुगङ्गा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी-११ का २४ वर्षीय सुमन थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।…