मुलुकमा बालबालिका सम्बन्धी काम गर्ने ६७५ वटा संस्था

काठमाडौं । बालबालिकासम्बन्धीको समाचारको कभरेज बढाउनुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बालबालिकाको क्षेत्रमा कृयाशिल संस्था चाइल्ड नेपालले सेभ द चिल्ड्रेनको सहकार्यमा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रियामा उक्त कुरामा जोड दिइएको हो । कार्यक्रममा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी विभिन्न विज्ञहरूसंग छलफल गर्दै संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्वारा…