काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले मानव बेचबिखन तथा ओसारपसार अन्त्यका लागि नेपालको काममा सहयोग गर्न अस्ट्रेलियाले नयाँ आर्थिक सहयोग गर्ने वचन दिएकी छिन् । बिहिबार काठमाडौंमा महिला विकास र कानुन मञ्चले गरेको पार्लेमो प्रोटोकल सन्धी नेपालले अनुमोदन गरेपछिको अवस्था विषयक कार्यक्रममा बोल्दै राजदूत भोल्कले मानव ओसारपसार, मानव बेचबिखन र दासत्व बर्बर रहेको…