मनाङ एयरको हेलिकोप्टर दुर्घटनाका मृतक पाँचैजना एकै परिवार

काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लिखुपिकेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचजना विदेशी नागरिक एकै परिवारको भएको खुलेको छ । दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये पाँचजना मेक्सिकोका नागरिक थिए । उनीहरु सबै एकै परिवारका भएको हेलिकोप्टर सेवा प्रदायक संस्था एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेले बताए ।…