बिजुलीको तारमा हिँडिरहेका माइलाको झण्डै ८ घण्टापछि उद्धार

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनको तारमा दिनभर हिँडिरहेका युवकलाई नेपाली सेनाले उद्दार गरेको छ । दिनभर अनेक प्रयास गर्दा पनि तारबाट तल झर्न नमानेपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारीअनुसार माइलाको उद्धार गरिएको हो । उनी पोलमार्फत् तारमा पुगेका थिए…