राष्ट्रिय समृद्धिको पर्वका रूपमा मनाइँदै विश्वकर्मा पूजा

काठमाडौं । हरेक वर्ष सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेको प्रथम दिनलाई विश्वकर्मा दिवसका रूपमा मनाउने प्रचलन रहिआएको छ । सौरमासअनुसार हरेक वर्ष असोज १ गते वास्तुविद् तथा शिल्पकार भगवान विश्वकर्मा बाबाको पूजागर्ने प्रचलन सदीयौंदेखि चलिआएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजाल बताउँछन् । विशेषगरी यसवर्ष हरिपरिवर्तिनी एकादशी व्रत, वास्तुदिवस, विश्वकर्मा पूजा, राष्ट्रिय चलचित्र दिवसर…