साढे चार महिनापछि खुल्यो पशुपतिनाथ

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर आजबाट खुल्ला गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि आज बिहान ५:३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर…