काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । ग्याल्पो ल्होसारको अवसरमा उनले सम्पूर्ण नेपालीका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्, भनी शुभकामना व्यक्त गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको उल्लेख गर्दै…