सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा लघुवित्तको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले इनरुवाको बसचोकस्थित पूर्वपश्चिम राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेपछि झडप भएको हो । झडपमा दुई प्रहरीसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । सडक अवरुद्ध पार्ने प्रदर्शनकारीलाई हटाउनेक्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि…