अमेरिकास्थित नर्थ क्यारोलिना नेपाली साहित्य समाजले वरिष्ठ पत्रकार/समाजसेवी भैरव रिसालको पहलमा सञ्चालित सामाजिक कार्यहरूको सहयोगार्थ ११ सय अमेरिकी डलर (रु १ लाख ४५ हजार ४ सय ५५) हस्तान्तरण गरेको छ । फेव्रेवरी २५ मा जुम मार्फत् रिसालज्यूसँग गरिएको अन्तरक्रियामा ९५ वर्षको उमेरमा पनि उहाँको समाजसेवाप्रतिको लगावबाट प्रभावित भई नर्थ क्यारोलिना नेपाली साहित्य समाजल यो सहयोग…