राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् । उनीहरूबीच देशको समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । एक सातापछि संसदमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । भण्डारी दुईपटक राष्ट्रपति भइसकेकी छन् ।