काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले 'डिफ्युजन नोटिस' जारी गरेको छ । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेविरुद्ध फरारसूचीमा राख्दै 'डिफ्युजन नोटिस' जारी गरेको हो । उनीविरुद्ध तीन दिनअघि (शुक्रबार) नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । डिफ्युजन नोटिस जारीपछि इन्टरपोलका सदस्य रहेका १३५ राष्ट्रका प्रहरीले सन्दीपको खोजी गर्नेछन् ।…