महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका-८ मा दुई समुदायबीच झडप पश्चात अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले साम्प्रदायिक दंगाको स्थिति उत्पन्न भएपछि महोत्तरीको भंगाहा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन् । हिन्दू सेना सम्राट नेपाल र मुस्लिम समुदायका युवाबीचको झडपले उग्ररूप लिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले…