राष्ट्रिय सभाका सांसदद्वारा रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन् । उनले भने, “बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता…