मनसुनजन्य विपद्‌बाट यसवर्ष कुन प्रदेश कति जोखिममा ? 

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ ।  बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत…