रौतहट फतुवा विजयपुरका मेयरसहित २१ जना जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले आइतवार काठमाडौं विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । साविक तथा हालका समेत नगरप्रमुख यादवसहित साविकका उपप्रमुख कान्तीदेवी, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष संजयप्रसाद, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भविछन…