ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-४ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन दार्चुला तिंकर सडकको डोकटमा मंगलबार साढे १० बजेतिर दुर्घटना हुँदा बझाङ घर भएका २३ वर्षीय वीरेन्द्र खड्काको किचिएर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । दुर्घटनाको जानकारी पाएपछि राती नै प्रहरी घटनास्थलमा पुगेको थियो ।…