महोत्तरी । बर्दिबास-२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारमा जाँदा एकदमै तन्दुरुस्त थिए । २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा पैसा कमाउने उद्देश्यले कतार हानिँदा निकै उत्साहित भए । भनेजस्तो काम नभए पनि सन्तोषजनक तलब पाएसँगै श्रेष्ठ र श्रेष्ठको परिवारको खुसी थामिनसक्नुको थियो । तर, त्यो खुसी धेरै दिन टिक्न पाएन । एकदिन…