छोटो रुटबाट हिमाललाई स्पर्स गर्ने चाहना राख्नेहरूका लागि मार्दी ट्रेक एउटा अवसर हो । कास्कीको घना जङ्गल, हरियाली र बस्तीहरूको बीचमा रहेको मार्दी हिमाल पदयात्राले यात्रुहरूलाई हिमशृङ्खलाका एकपछि अर्को सौन्दर्यसँग परिचित गराउँछ। हिउँले ढाकिएका सेता हिमाल, डाँडाकाँडा र सफा बाटोले यात्रालाई बेग्लै अनुभूति दिन्छ। यस मार्गको आकर्षण मुख्यतः मार्दी हिमाल, माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण…