कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। १ पुस २०७९ देखि सञ्चालनमा आएको विमानस्थलमा पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित बनेका छन्। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो लगायत सम्पूर्ण पूर्वाधार र तयारी पूरा भइसकेको छ।…