मतदाता नामावलीको विवरण लिँदा शुल्क लाग्ने‚ कुन तहमा कति ?

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । सोमबार निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ । आयोगले देशभर‚प्रदेश‚ जिल्ला‚ पालिका…