काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २५७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ९२१ नमुना परीक्षणमा २५७ जना संक्रमित फेला परेका हुन् ।१ हजार ४५८ पीसीआर परीक्षणमा १४३ र २ हजार ४६३ एन्टिजेन परीक्षणमा ११४ मा संक्रमण पोजिटिभ देखिएको हो…