लोमान्थाङमा पनि हुन थाल्यो स्याउ खेती

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित जनशान्ति माध्यमिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौडेल बिदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोशेली स्याउ किनेर लैजाने गर्थ्ये । उनका अनुसार कागबेनीमा छिटपुट रूपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो । 'तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैँले टिपेर घर जाँदा स्याउ…