देउखुरी (दाङ) । १६ वैशाख २०८१ को बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री आगो निभाउन गएका थिए । गाउँले सबै त्यहीँ थिए । छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो ।…