काठमाडौं । आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन आज आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले बताए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पक्राउ गरेको थियो । केसीलाई पक्राउपछि…