काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब १ सय किलो सुनबारे अनुसन्धानकाे जिम्मेवारी नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आइतबार विभागका महानिर्देशक नवराज अधिकारीले सुन प्रकरणमा अहिलेसम्म भेटिएका तथ्य र हालसम्म बरामद प्रमाण सहित प्रहरीलाई जिम्मा लगाउने निर्णय भएको जानकारी दिएका छन् । अब यो प्रकरणकाे अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अघि बढाउने छ ।…