काठमाडौं । आजबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । सरकारले दसैँ, तिहार र छठलाई लक्षित गर्दै देशभरका ४१ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गरेको हो । चाडपर्वमा उपभोक्तालाई राहत दिन हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध…