काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली युनियन (इयु)को संसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ । युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको हो । भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवर्द्धन लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । युरोपेली युनियनको संसदीय टोली…