काठमाडौं । सत्तारुढ गठबन्धन दलबाट जीतपुर सिमरा उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार बनेकी मेघा शाही ३१ वर्षको उमेरमा उपमहानगरपालिकाको कमान्ड सम्हाल्दै छिन् । बाराको अम्लेखगन्ज निवासी मेघा शाही विद्यार्थी राजनीतिबाट उदाएकी हुन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अम्लेखगन्जमा कक्षा ६ मा पढ्दा राजनीति सुरु गरेकी शाहीले दुई पटक ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संघ (नेविसंघ) को इकाइ सभापति…