वसन्तपुरमा ५०४ कुमारीको सामूहिक पूजा

काठमाडौं । काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरुको सामूहिक पूजा गरिएको छ । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा सोमबार ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको हो । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरिएको हो । युवा विश्व हिन्दु महासङ्घको आयोजनामा १९औं पटक कुमारी पूजा भएको आयोजक राजन…